७ कार्तिक २०८३, शनिबार

बारा र पर्सामा चिसोले कष्टकर, पाँच दिनदेखि घाम देख्न मुस्किल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cold-chiso

वीरगन्ज, १५ पुस । केही दिनयतादेखि चलेको शीतलहर र बाक्लो हुस्सुसँगै बढेको जाडोका कारण बारा र पर्साको जनजीवन कष्टकर बनेको छ ।

शीतलहरको प्रभावबाट बच्न र बचाउन स्थानीय प्रशासनको सहयोगमा वीरगन्ज उपमहानगरपालिका, कलैया र गढीमाई नगरपालिका समेट्ने गरी आम नागरिकको बढी जमघट हुने ठाउ“ र चोकमा आगो बाल्ने व्यवस्था गरिएको छ । चिसो हावा र बाक्लो हुस्सुका कारण पाँच दिनदेखि घाम नलाग्दा बारा र पर्सा जिल्लामा अत्यधिक चिसो बढेको हो ।

जिल्ला शिक्षा कार्यालय पर्साले चिसो हावा र बाक्लो हुस्सुका कारण बढेको चिसोबाट बच्न आइतबारदेखि पुस १८ गते गतेसम्म पाँच दिनका लागि जिल्लाका सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बरखुप्रसाद रजकले बताउनुभयो ।

चिसो बढेपछि अस्पताल र निजी क्लिनिकमा उपचारका लागि आउने निमोनिया, श्वासप्रश्वास तथा रूघाखोकीका बिरामीको सङ्ख्यासमेत बढ्न थालेको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जले जनाएको छ । जाडोले सबैभन्दा बढी विद्यालयका छात्रछात्रा, मजदुर र वृद्धवृद्धालाई असर पु¥याएको छ ।

जिल्लामा चिसो बढेपछि विभिन्न गाविसबाट सेवाका लागि सदरमुकाम कलैया र वीरगन्जका सरकारी कार्यालयमा आउने सेवाग्राहीसमेत समस्यामा परेका छन् ।