२९ आश्विन २०८३, बिहिबार

पीकेले कमायो २ करोड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

amir-khan-pk

विभिन्न कारणले चर्चामा आईरहेको पिकेले प्रदर्शनमा आएको १० दिनमा २०० करोड भन्दा माथिको व्यापार गरिसकेको भारतीयसञ्चार माध्यमहरुले बताएका छन् । १९ डिसेम्बरमा रिलिज भएको आमिर र अनुष्का शर्मा अभिनित पिकेले रिलिज भएको १० दिन पुरा हुँदा २ सय करोड कमाउन सफल भएको हो ।

राजकुमार हिरानीले निर्देशन गरेको यो फिल्मले रिलिज भएको ११ दिन पुग्दा भारतभित्रका हलबाटमात्रै २ सय २८ करोड कमाएको छ । भारत बाहिरसमेतको कमाइको हिसाब गर्दा पिकेको कमाइ तीन करोड भारतीय रुपैयाँ पुगिसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दोस्रो हप्ताको अन्तिमसम्ममा पिकेले विश्वभरीका हलबाट ४ सय ३० करोड भारतीय रुपैयाँ कमाउने अनुमान गरेका छन् । पिकेमा आमिरको अभिनयलाई सबैले तारिफ गरेका छन् । कथा औसत भएपनि चलचित्रमा अभिनय गर्ने कलाकारहरुको अभिनय प्रशंसनिय रहेको विश्लेषकहरु बताउँछन् ।