७ कार्तिक २०८३, शनिबार

मधेश प्रदेशका लागि सडक संघर्षको तयारी: महतो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajendra-mahato

गरुडा (रौतहट), १५ पुस । सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले संविधान निर्माण गर्नका लागि सडक सङ्घर्षको कार्यक्रम तय गर्ने बताएका छन् ।

कार्यकर्ता भेटघाटका क्रममा रौतहट आएका अध्यक्ष महतोले आज बिहान कर्मचारी मिलन केन्द्रको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा उतm कुरा बताउँदै भोलि हुने लोकतान्त्रिक मोर्चाको बैठकले आन्दोलनको स्वरुप तय गर्ने बताउनुभयो ।

विसं २०६४ फागुन १६ गतेका दिन तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालगायत एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसमेत गरी अन्य दलले गरेको सम्झौतामा स्वायत्त मधेस प्रदेश कायम भई नेपालको अन्तरिम संविधानको धारा १३८ मासमेत उल्लेख भएको स्वायत्त मधेस प्रदेशको सम्झौतालाई गणितीय हिसाबमा लत्याएको आरोप महतोले लगाउनुभयो ।

मधेस आन्दोलन, माओवादीको जनयुद्ध, थरुहट आन्दोलनलगायत अन्य आन्दोलनले पाएको उपलब्धिलाई थाती राखेर संविधान निर्माण नेपाली काँगे्रस र एमालेले गरेको खण्डमा आफूहरुलाई मान्य नहुने उहाँको जोड रहेको थियो ।

उहाँले झापा, मोरङ, सुनसरी, कञ्चनपुर, कैलाली र चितवनका केही थरुहट क्षेत्रलाई मधेस प्रदेशमा गाभ्नमात्र आफूहरुको माग रहेको स्पष्ट धारणा राख्नुभएको थियो । शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणालीका विषयहरुमा विगतको सम्झौताले कायम र आधार बनाइसकेको हुनाले त्यसलाई उल्टाएर खाका तयार गर्नु बेइमानी हो, उहाँले भन्नुभयो ।

वार्ताको नाममा समय मात्र बिताउन खोजेको आरोप लगाउँदै उहाँले अब सडक सङ्घर्ष गरेमात्र संविधान बन्ने अठोटमा पुगेको बताउनुभयो । रासस