अमेरिका । एनआरएनमा सदस्यता वृद्धि गर्ने उदेश्य अनुरुप अमेरिकाको एटलान्टामा यहाँका नेपाली समुदायसँग एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । एनआरएन अमेरिकाको सदस्यता वितरणको म्याद नजिकिदै गर्दा सदस्यता वितरणलाई अभियानकै रुपमा अगाडि बढाइएको एनआरएन अमेरिकाले जानकारी दिएको छ ।
अमेरिकामा रहेका नेपाली समुदायको आवाजलाई नेपाल सरकारसँग पुर्याउन गैर आवासीय नेपाली संघले बिगतदेखि नै ठुलो भुमिका खेलेकोले सबैजना यस संस्था भित्र आबद्ध हुन् भन्ने हेतुले भेटघाट कार्यक्रमको आयोजना गरिएको एनआरएन आईसिसी सदस्य राजा घलेले जानकारी दिनुभयो ।
केहि महिना पछि एनआरएन अमेरिकाको निर्वाचन हुने भएकोले ज्यादा भन्दा ज्यादा सदस्यता बनाउन प्रयास गरिएको एनआरएन अमेरिकाका उपाध्यक्ष श्री पराजुलीलीले जानकारी दिनुभयो । ‘हामी विभिन्न माध्यमबाट अमेरिकामा रहनुभएका धेरै भन्दा धेरै नेपालीहरुमाझ पुग्ने प्रयासमा छौं,’ उहाँले भन्नुभयो, ‘यसै मध्येको एउटा उपयुक्त विधि नगरसभा बैठक पनि हो भने ।’
उक्त सदस्यता वृद्धि कार्यक्रममा समाजसेवी तथा युवायुवतीहरुको सहभागिता रहेको थियो । कार्यक्रम हिमालयन स्पाइस चमेना गृहमा ८ बजे देखि राति ११ बजे सम्म चेलेको थियो । कार्यक्रम संचालन किशोर पन्थीले गर्नुभएको थियो ।
















प्रतिक्रिया