३० आश्विन २०८३, शुक्रबार

कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, १५ पुस । काठमाडौँतर्फ जाँदै गरेको एक निजी कारले मध्यपुरथिमि लोकन्थली मनोहरा पुलनजिकै मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ ।

गएराति करिब १ बजेर ३० मिनेट जाँदा बजे भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा.९च ६५६४ नम्बरको कारले सोही दिशातर्फ जाँदै गरेको बा.१७प १९४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको महानगरीय प्रहरी वृत्त थिमीका प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार कारको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक मध्यपुरथिमि बोडे निवासी ३६ वर्षीया देवकी थापाको काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचारकै क्रममा आज बिहान ३ बजे मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका ४५ वर्षीय जीवन थापाको काठमाडौँ सोही कलेजमा उपचार भइरहेको छ । ठक्कर दिने कार र चालक काठमाडौँ महाराजगन्ज बस्ने  २५ वर्षीय आदित्य अग्रवाललाई नियन्त्रणमा लिएको जानकारी प्रहरी नायब उपरीक्षक बोगटीले दिनुभयो ।