काठमाडौं, १४ पुस । नेकपा एमालेका केन्द्रीय नेताहरूको कार्यविभाजनको गृहकार्य अन्तिम चरणमा पुगेको छ ।
पार्टी महासचिव ईश्वर पोखरेलले केन्द्रीय सचिवालयको तर्फबाट १ सय ६१ जना केन्द्रीय नेताहरूको कार्यविभाजनको प्रस्ताव तयार पार्नुभएको हो । अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ नेताहरूसँगको परामर्शमा तयार पारिएको प्रस्तावलाई स्थायी समिति बैठकले अनुमोदन गर्नेछ । यसका विषयमा ठोस छलफल हुन भने बाँकी नै रहेको एमाले स्रोतले जनायो ।
प्रस्तावित कार्यविभाजन यस्तो छ:
पार्टी कामको नेतृत्व : अध्यक्ष केपी शर्मा ओलीः
नीति अध्ययन तथा अनुसन्धान : वरिष्ठ नेता झलनाथ खनाल
विदेश विभाग : माधवकुमार नेपाल
पूर्वाञ्चलः विद्या भण्डारी
मध्यमाञ्चलः वामदेव गौतम
पश्चिमाञ्चलः अष्टलक्ष्मी शाक्य
मध्यपश्चिमाञ्चलः युवराज ज्ञवाली
सुदूरपश्चिमाञ्चलः भीम रावल
संगठनात्मक कामको नेतृत्वः ईश्वर पोखरेल
संगठनात्मक र पार्टी विभाग संयोजनः उपमहासचिव विष्णु पौडेल
राज्य सञ्चालनसँग सम्बद्ध विभाग संयोजनः उपमहासचिव घनश्याम भुसाल
राजकीय मामिलाः भीम आचार्य
केन्द्रीय सचिवालय सचिवः प्रदीप ज्ञवाली
संगठन विभागः पृथ्वीसुब्बा गुरुङ
मोर्चा संगठनः योगेश भट्टराई
प्रचार तथा प्रकाशनः गोकर्ण विष्ट
उद्योग तथा वाणिज्य : मुकुन्द न्यौपाने
पार्टी स्कुल विभाग तथा प्रशिक्षणः शंकर पोखरेल
अर्थ तथा योजना विभाग : सुरेन्द्र पाण्डे
स्थानीय विकासः किरण गुरुङ
केन्द्रीय सम्पर्क समन्वय कमिटी इन्चार्ज : छविलाल विश्वकर्मा
उपभोक्ता हित तथा सुशासनः प्रकाश ज्वाला
सहकारी तथा गरिबी निवारणः पशुपति चौलागाईं
संविधानसभा/संसदीयः अग्नि खरेल
कार्यकर्ता संरक्षण कोषः आर्थिक विभाग प्रमुख : विष्णु रिमाल
अध्ययन तथा अनुसन्धानः वेदुराम भुसाल
पुस्तकालय तथा अभिलेखनः ममता गिरी
संघीय मामिलाः पर्शुमेघी गुरुङ
निर्वाचन विभागः राजेन्द्र पाण्डे
जलस्रोत तथा ऊर्जाः प्रदीप नेपाल
विज्ञान तथा प्रविधिः गंगालाल तुलाधर
कृषि तथा भूमि सुधारः नागेन्द्र चौधरी
शिक्षा तथा मानव स्रोतः रघुजी पन्त
राष्ट्रिय सुरक्षाः तुलबहादुर गुरुङ
सामान्य प्रशासनः युवराज कार्की
श्रम तथा रोजगारः गोकुल घर्ती
भौतिक पूर्वाधार तथा यातायात व्यवस्थाः विजय पौडेल
सहरी विकासः ठाकुर गैरे
वन तथा वातावरणः दलबहादुर राना र तैयव हुसैन
सामाजिक सेवाः राधा ज्ञवाली र भगवती चौधरी
न्याय तथा कानुनः महेन्द्र पाण्डे
युवा तथा खेलकुदः अरुण नेपाल
पर्यटन प्रवर्धनः सूर्य थापा
स्वास्थ्य तथा जनसंख्या विभागः सुजिता शाक्य
उपभोक्ता हित तथा सुशासन विभागः प्रकाश ज्वाला
संस्कृतिः खगेन्द्र राई
अनेरास्ववियु: रवीन्द्र अधिकारी
बुद्धिजीवी परिषद्: टंक कार्की,
पेशगत बुद्धिजीवी विशेष जिल्ला कमिटी : डा. राजन भट्टराई
प्रवास : विन्दा पाण्डे
राजधानी इन्चार्ज: सानु श्रेष्ठ
सहइन्चार्ज: जीवनराम श्रेष्ठ
स्रोतका अनुसार, अञ्चल इन्चार्ज र सहइन्चार्जहरूमा अधिकांश नयाँ अनुहारलाई प्राथमिकतामा राखेर कार्यविभाजनको प्रस्ताव गरिएको छ । स्थायी समितिको आगामी बैठकले कार्यविभाजनको टुंगो लगाउने एमालेका एक पदाधिकारीले जानकारी दिए ।
















प्रतिक्रिया