काठमाडौँ, १४ पुस । मुम्बई–काठमाडौँ उडानमा रहेको जेट एयरको विमानको एउटा इन्जिनमा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन अवतरण गरिएको छ ।
आपत्कालीन अवतरण गर्नुअघि उक्त विमानले आकासमा धुवाँको मुस्लो फ्याकेको कोटेश्वर निवासी रामकुमार कोइरालाले राससलाई जानकारी दिनुभयो ।
उडानको क्रममा आकासमै इन्जिनमा खराबी देखिएको उक्त जहाज सुरक्षित रुपमा अवतरण गरेको र सबै यात्रु सकुशल रहेको विमानस्थलको सुरक्षामा खटिएको नेपाल प्रहरीले पुष्टि गरेको छ ।
सो विमान त्रिवि विमानस्थलमा १२ः१५ बजे अवतरण गरेको थियो । सो घटनाका बारेमा थप पुष्टि गर्ने र जानकारी लिने प्रयास भइरहेको छ । रासस
















प्रतिक्रिया