१ कार्तिक २०८३, शनिबार

शीर्ष नेताहरू आउँदैनन्, सभासदहरू बैठक छल्दै भाग्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BICCकाठमाडौं, १४ पुस । संविधानसभा बैठकमा प्रमुख दलका शीर्ष नेताहरुको उपस्थिति न्यून हुँदै गएको छ ।

आफ्ना दलका प्रमुख नेताको अनुपस्थितिपछि सभासदहरु समेत बैठक छल्दै बाहिरी काममा व्यस्त हुन थालेका छन् ।

अधिकांस सभासदहरु हाजिरी गर्दै हलबाट बाहिर निस्कदै गर्दा संविधानसभा बैठक समेत प्रभावहीन हुदै गएको छ ।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदनमा भइरहेको छलफलमा समितिकै सभापति धेरैजसो अनुपस्थित भएकोमा सभासदहरुले आलोचना गरेका छन् ।

उनीहरुले सहमति जुटाउन ४ पटक म्याद लिंदा पनि समिति असफल बनेको र प्रतिवेदनमा प्रष्ट सुझाव नलेखेर सभापति बाबुराम भट्टराईले संविधानसभालाई नै अल्झाएको आरोप समेत लगाए ।

शीर्ष नेताले समय कटाउनका लागि मात्र सहमतिका लागि कार्यदल बनाएको उल्लेख गर्दै सभासद डा राजन भट्टराईले नेतृत्व क्षमता र कुशलता देखाउन आग्रह गरे ।

बाहिर बसेर पनि सहमति नगर्ने । संविधानसभा बैठकमा पनि सहभागी नहुने । यसले हामीलाई त निराश पारेको छ नै । आम जनतालाई नैराश्यता बनाएको छ, भट्टराईले भने ।

अहिले मुलुक अप्ठेरो अवस्थामा पुगेको भन्दै उनले यतिबेला जिम्मेवारी बोध गरेर सही निर्णय गर्न सक्ने नेता नै सफल हुने समेत उनले सुझाएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

सहमति जुटाउन र प्रश्नावली बनाउने दुवै काममा असफल भई संवादले प्रतिवेदन बुझाएपछि संविधानसभामा एक साताभन्दा बढी देखि निरन्तर सभासदबीच छलफल चलिरहेको छ ।