काठमाडौं, १४ पुस । एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले आफूले पार्टीको नेतृत्व लिन तयार रहेको बताएका छन् ।
उनले अध्यक्ष पुष्पकमल दाहालको आग्रहमा आफूले नेतृत्व लिन तयार भएको उल्लेख गर्दै उनले नेतृत्व लिएर परीक्षा दिन चाहेको उल्लेख गरे ।
भट्टराईले आइतबार केन्द्रीय समिति बैठकमा पार्टीको नेतृत्व लिन ऐतिहासिक आवश्यकता परेको जिकिर गरे ।
‘अध्यक्षले पार्टीको नेतृत्व लिने आग्रह गर्नुभयो, मैले स्वीकार गरेको हुँ’ भट्टराईको भनाइ उद्धृत गर्दै प्रवक्ता दीनानाथ शर्माले भने, ‘म आफै परीक्षण भएर जानुपर्छ भन्ने लाग्यो ।’
भट्टराईले अध्यक्ष पुष्पकमल दाहालले दिने र आफूले लिने बिषय नभएको उल्लेख गर्दै विचारको विकाससंग नेतृत्व हस्तान्तरण हुनुपर्नेमा जोड दिएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
आफूले पहिलो पटक नेतृत्व लिन चाहेको बताउँदै उनले अध्यक्षसंग सबभन्दा बढी संघर्ष भए पनि संगसंगै रहेको तर्क गरे ।
अध्यक्ष प्रचण्ड र मैले ३० वर्ष संगै काम गर्यौ, हामीबीच पेचिलो संघर्ष र त्यसपछि एकता भयो ।
यो बीचमा मैले कहिलै नेतृत्व दाबी गरिनँ भट्टराईको भनाइ थियो, यो बेला मैले पार्टीको नेतृत्व लिन उचित लाग्यो ।















प्रतिक्रिया