१ कार्तिक २०८३, शनिबार

थाइल्यान्डमा अपहरित विद्यार्थीको फिरौतीमा जेठी सासुको संलग्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ पुस । थाइल्यान्डको बैंककमा अपहृत तीन नेपाली विद्यार्थीका अभिभावकसँग फिरौती माग्न मातृका यादव नेतृत्वको नेकपा ९माओवादी० का वैकल्पिक केन्द्रीय सदस्य एवं बागमती इन्चार्ज सुजन यादव भनिने श्रीचन रायका साडुदाइ र जेठीसासूको पनि संलग्नता पाइएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी र बैंकक प्रहरीको संयुक्त टोलीले अपहरणकारी खोज्ने क्रममा उनीहरूलाई पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो।

प्रहरीले यादवका साडुदाइ भारतीय नागरिक जोन र उनकी पत्नी झापाकी सरिता भेटवाललाई आइतबार पक्राउ गरेको छ।

जोन र सरिताले दिल्ली र थाइल्यान्ड सम्म म्यानपावरको एजेन्टको काम गर्दै आएको प्रहरीले जनाएको छ।

प्रहरीले यी दुईसँगै अपहरणमा प्रत्यक्ष संलग्न बंगलादेशी नागरिक मुस्तफा र मुलुक नखुलेका अर्का सफिक नामका व्यक्तिलाई समेत पक्राउ गरेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

विद्यार्थी अपहरणमा मुस्तफा र सफिक प्रत्यक्ष संलग्न देखिए पनि जोन र सरिताले फिरौती बुझ्न संयोजनको भूमिका खेलेको जानकारी सीआईबी प्रमुख डीआईजी हेमन्त मल्ल ठकुरीले दिए।

अपहृत विद्यार्थीका अभिभावकसँग फिरौती मागी हुन्डीमार्फत बैंकक पठाउने योजनामा रहेका यादवलाई प्रहरीले पुस ९ गते पक्राउ गरेको थियो।