१ कार्तिक २०८३, शनिबार

काठमाडौंमा शिक्षक धनेश्वर साहले यौन हिंसा गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Girl Rapeकाठमाडौं, १४ पुस । कालिमाटीस्थित जनप्रभात स्कुलका शिक्षक धनेश्वरप्रसाद साहमाथि छात्राहरुले यौनहिंसाको आरोप लगाए ।

कक्षा ३ देखि ५ सम्मका छात्राले आफूहरुमाथि यौनहिंसा भएको बयानसहित उजुरी दर्ता गराएपछि महानगरीय प्रहरी प्रभाग कालिमाटीले साहलाई पक्राउ गरी हनुमानढोका प्रहरी कार्यालय पठाइदियो ।

हनुमानढोकाले आरोपी साहलाई १२ दिन थुनामा राख्यो । उनीमाथि केही सार्वजनिक मुद्धा चलिरहेको काठमाडौं प्रहरी परिसरका डिएसपी दिनेश आर्चायले बताए ।

यो त प्रहरीमा परेका मुद्धा । कतिपय घटना भने प्रहरीको जानकारीमै आउँदैनन ।

यौनहिंसामा पीडित भएपछि प्रहरीकहाँ उजसरी गर्नु साटो अभिभावकले मनोबिज्ञकहाँ उपचार गर्न लैजाने गरेको समाचार आजको नागरिक दैनिकले छापेको छ ।

सामाजिक डर र लोकलाजले धेरैघटना हामीकहाँ आइपुग्दैन आर्चायले भने ।