कोरिया। नेपाली काँग्रेसको भातृसंघ नेपाली जनसम्पर्क समिती कोरियाले ब्रेन ट्युमरको थप उपचारका लागि दिल्लीमा भर्ना हुनुभएका पत्रकार सूर्यकुमार क्षेत्रीको उपचारका लागि सहयोग अभियान सुरु गरेको छ।
नेपाल प्रेस युनियनका सचिव श्रमजीवी पत्रकार तथा गीतकार सूर्य कुमार क्षेत्रीको काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा ब्रेन ट्युमरको शल्यक्रिया पश्चात् डाक्टरको सल्लाह बमोजिम करिव ४५ दिनको थेरापी दिल्लीस्थित बिएलके हस्पिटलमा चलिरहेको छ।
क्षेत्रीको उपचारमा निक्कै खर्च लाग्ने भएकाले परिवारको आर्थिक स्थितिबाट धान्न सक्ने अवस्था नभएको भन्दै सहयोग अभियान शुरु गरिएको हो ।
नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले उपचारमा सहयोग गर्ने हेतुले समितिका सह–महामन्त्री जीतेन्द्र महताको संयोजकत्वमा छिटो भन्दा छिटो आर्थिक संकलन गरेर रकम पठाउने निर्णय गरेको जानकारी समितिका सभापती नबराज शिवाकोटीले दिनुभयो ।
समितिले सुर्यकुमार क्षेत्री उपचार सहयोग कोष नामक खातामा सहयोग गर्न सवैमा अपिल समेत गरेको छ ।
क्षेत्रीको उपचार सहयोगका लागि विदेशबाट (SWIFT : RBBANPKA – 113000371901)
नम्बरको खातामा सहयोग गरिदिन र स्वदेशबाट(3719)नम्बरको खातामा सहयोग उपलब्ध गराईदिनुहुन हार्दिक अनुरोध गरेको छ ।














प्रतिक्रिया