३० आश्विन २०८३, शुक्रबार

विदेशमा ठगिएका युवाले मेनपावरबाट क्षतिपूर्ति लिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ । वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा ठगिएका खोटाङका चारजना सहित छजना युवाले मेनपावरबाट क्षतिपूर्ति लिएका छन् ।

तोकिएको काम र दाम नपाएपछि कतारबाट स्वदेश फर्काइएका खोटाङ नेर्पाका शङ्कर राई, मोरङ बयरवनका भीम मगर, इटहरीका विश्वास खड्का, मलेसियाबाट फर्काइएका खोटाङ मात्तिमका दीपक घिमिरे, चिउरीडाँडाका तेजबहादुर चौहान र केदार खत्रीले क्षतिपूर्ति लिएका हुन् ।

पिपुल्स फोरमको कानुनी सहायतामा नेपाल फर्काइएका छ युवाले मेनपावरबाट प्रतिव्यक्ति रु २५ हजारदेखि रु ७५ हजारसम्म क्षतिपूर्ति लिएको सुरक्षित आप्रवासन परियोजनाका कार्यक्रम संयोजक नवीन्द्र राईले जानकारी दिनुभयो ।

गाडीमा स्टीकर टाँस्ने कामका लागि काठमाडौँको मिमोसा मेनपावर कम्पनीबाट कतार पुगेका शङ्कर, भीम र विश्वासले तोकिएको काम र तलब नपाएपछि परियोजनासमक्ष उजुरी दिएका थिए ।

शेर्पा इन्टरनेसनल मेनपावरमार्फत उद्योग श्रमिकका रूपमा काम गर्न मलेसिया गएका तेजबहादुर र केदार सम्झौताअनुसारको काम र तलब नपाएपछि काम छाडेर स्वदेश फर्किएका थिए ।

यस्तै परदेशी मेनपावरबाट मलेसिया पुगेका दीपकले पनि भनेको काम र दाम नपाएपछि निःशुल्क कानुनी सहायतामा स्वदेश फर्किएर क्षतिपूर्ति लिएको बताउनुभयो ।