७ कार्तिक २०८३, शनिबार

देश टुक्र्याउने अभिव्यक्ति दिने सिके फेरि पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

CK-Rawatमहोत्तरी, १३ पुस । देश टुक्र्याउने अभिव्यक्ति दिएर एकाएक चर्चामा आएका डा सिके राउत फेरि पक्राउ परेका छन् । उनलाई प्रहरीले आइतबार महोत्तरीबाट पक्राउ गरेको हो ।

महोत्तरी सदरमुकाम जलेश्वरमा आयोजना गरिएको सभालाई सम्बोधन गर्न जाने क्रममा उनी पक्राउ परेका हुन् । राउतलाई प्रहरीले पक्राउ गरेपछि त्यहाँ केही बेर उनका समर्थकले हंगामा गरेका थिए ।

उनका समर्थकले  राउतको रिहाईको माग गर्दै  चर्को नाराबाजीसहित प्रहरीको गाडीमा ढुंगामुढा समेत गरेका थिए ।  प्रहरीको लाठिचार्जपछि भिड नियन्त्रण भएको थियो । अहिले पनि राउतका समर्थकले  जलेश्वरमा हंगामा गरिरहेका छन् ।

पछिल्लो समय गृह मन्त्रालयले उनीमाथिको निगरानी बढाउँदै आएको छ । उनलाई सामाजिक सदभाव बिग्रने गतिविधिमा संलग्न भएको भन्दै गत भदौमा पनि मोरङ प्रहरीले पक्राउ गरेको हो ।
को हुन् सिके राउत ?
सप्तरीमा जन्मेका सिके राउतको पूरा नाम चन्द्रकान्त राउत हो । उनले अमेरिकाको क्याम्ब्रिज विश्वविद्यालयबाट पिएचडी गरेका छन् । स्वतन्त्र मधेसको वकालत गर्दै उनले मधेसको स्वराज र मधेसमा इतिहास नामक किताब निकालिसकेका छन् ।

उनी कम्प्युटर इन्जिनियर पनि हुन् ।  उनले तराईका भूमिगत सशस्त्र समूहहरूसँग समेत मिलेर गतिविधि गर्दै आएका थिए । उनले राज्यसँग छुट्टिन पाउने अधिकार राख्दै गतिविधि तिव्र पारेपछि उनी राज्यको आखाँमा परेका हुन् ।