मलेसिया । शाहलमस्थित सेक्सन–१६ मा रहेको एलएफ लजिष्टिक कम्पनीमा कार्यरत २७ नेपाली कामदार मलेसियामा बिचल्लीमा परेका छन् ।
नेपालका म्यान पावर कम्पनीले राम्रो काम पाईन्छ भन्दै जवरजस्ती पठाए पनि यहाँ भनेजस्तो काम नपाएपछि उनीहरुको बिचल्नी भएको हो । यहाँ बिचल्नीमा परेका कामदारले सम्झौतामा उल्लेख गरे अनुसारको काम नपाएको गुनासो गरेका छन् ।
उनीहरु काठमाडौंको नाइल ओभरसिजमार्फत मलेसिया आएका हुन् । काम र पारिश्रमिक दुबैबाट बञ्चित उनीहरुले अहिले भोकभोकै बस्नुपरेको गुनासो गरेका छन् ।
मेनपावरको एजेण्टले एयरपोर्टको काम भन्दै महिनामा १७ देखि १८ सय आरएम कमाइ हुने भनेर मलेसिया पठाएको उनीहरुको भनाई छ ।
म्यान पावर सञ्चालकले अहिले फोनै उठाउन छाडेकाले थप समस्या भएको अलपत्र परेका मोरङका जंग विकले बताए । उनीहरु अहिले सम्झौतापत्रमा उल्लेख गरे अनुरुपको तलव सुविधा उपलव्ध गराइदिन सम्वन्धित निकाए गुहार्दै हिडेका छन् ।















प्रतिक्रिया