२९ आश्विन २०८३, बिहिबार

उत्तर कोरियाले भन्यो- ‘अमेरिकी राष्ट्रपति ओबामा जंगली बाँदर’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Barak Obama

काठमाडौंं, १३ पुस । उत्तर कोरियाले अमेरिकी राष्ट्रपति बराक ओबामालाई ‘जंगली बाँदर’को संज्ञा दिएको छ ।

‘द इन्टरभ्यू’ नामक फिल्मका कारण उत्तर कोरिया र अमेरिकाबीच पछिल्लो समय चलेको बिवादमा उत्तर कोरियाको राष्ट्रिय रक्षा आयोगले यो आरोप लगाएको हो । आयोगले अमेरिकी राष्ट्रपति ओबामालाई ‘जंगलको यस्तो बाँदर जो जतिबेलै उल्झनमा हुन्छ कि अब के गरौँ’ भन्दै टिप्पणी गरेको छ ।

उत्तर कोरियाले विवादित फिल्म द इन्टरभ्यू रिलिज हुनुमा पनि ओबामाको हात रहेको जनाएको छ । अमेरिकी फिल्ममा अमेरिकाले कोरियाली युवा नेता किम जोङ उनको प्रतिष्ठा र आत्मसम्मानमा ठेस पुर्याइएको तथा आतंकवादलाई प्रोत्साहन दिएको उत्तर कोरियाको आरोप छ ।

उत्तर कोरियाले आफ्नो देशमा इन्टरनेट सेवा ठप्प हुनुमा पनि अमेरिका दोषी भएको दाबी गरेको छ । एजेन्सी