३० आश्विन २०८३, शुक्रबार

१६२ यात्रु बोकेको जहाज बेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

air-asia2काठमाडौँ, १३ पुस । एसियामै सस्तो उडान भर्दै आएको एयर एसियाको एउटा जहाज आज बिहानैदेखि बेपत्ता भएको छ ।

इण्डोनेसियाबाट सिंगापुरका लागि उडेको क्यूजेड ८५०१ जहाज हराएको हो । बिमानमा चालक दलका सदस्यसहित १६२ जना थिए ।

एयर एसियाका अनुसार, बिमानमा अधिकांश इन्डोनेशियाका यात्रु छन् । बिमानमा १६ जना बालबालिकासहित १५५ जना यात्रु र चालक दलका ७ जना सदस्य थिए । जसमध्ये १५६ इन्डोनिसयाली हुन् । यसैगरी, दक्षिण कोरियालाका तीन जना, फ्रान्स, मलेसिया र सिंगापुरका एक एक नागरिक छन् ।

बिमान स्थानीय समय अनुसार बिहान ७ बजेर २४ मिनेटमा सम्पर्कविहीन भएको हो । स्थानीय समय अनुसार, बिमान ८ः३० बजे सिंगापुर अवतरण हुनुपर्ने थियो ।

एयर एसियाले विमानसँगको सम्पर्क टुटेको भन्दै खोजी कार्य सुरू गरेको जानकारी दिएको छ । घटनाबारे विस्तृत जानकारी आइसकेको छैन।

विमान स्थानीय समय अनुसार विहान सवा ६ बजेबाट सम्पर्कविहीन भएको हो । ट्राफिक कन्ट्रिलिङमा रहेका कर्मचारीका अनुसार, विमान हराउनुभन्दा पहिला पाइलटले नयाँ रुटबारे सोधेका थिए । खराब मौसमका कारण बिमान हराएको हुन सक्ने आशंका गरिएको छ ।

मलेसियाका यातायात मन्त्री हादी मास्तोबाले कालीमान्टान र जाभा आइसल्याण्ड बीचमा पर्ने जाभा समुन्द्रमाथि पुगेपछि विमानको सम्पर्क टुटेको स्थानीय संचारमाध्यमलाई बताएका छन् ।