दोहा, १२ पुस । प्रवासी नेपाली मञ्च कतारले चार जनालाई राष्ट्रिय कमिटी सदस्यमा मनोनित गरेको छ ।
मनोनित हुनेमा नरेश श्रेष्ठ, अब्दुल हफिज, जगन गुरुङ र चेतनारायण श्रेष्ठ रहेका छन् । योसँगै मञ्चको कार्य समिति ३१ सदस्यीय बनेको छ ।
नवनिर्वाचित कमिटीका अध्यक्ष रामहरि गैह्रेको अध्यक्षतामा शुक्रबार बसेको पहिलो बैठकले नरेश श्रेष्ठ, रामनाथ शर्मा, पूर्ण नेपाली, भीम लाकान्द्री मगर र रामसागर मेहतालाई सचिवालय सदस्य बनाएको छ । यो सँगै सचिवालय सदस्य नौ सदस्यीय बनेको छ ।
मञ्चले आगामी बिहीबार नवनिर्वाचित कमिटीका बारेमा कतारस्थित नेपाली दूतावासलाई जानकारी गराउने भएको छ ।














प्रतिक्रिया