नुवाकोट, १२ पुस । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले खेताला शैलीमा बोलाउँदैमा पटक/पटकको आन्दोलनमा नेपाली जनता नआउने दावी गर्नुभएको छ ।
शनिबार गृह जिल्ला नुवाकोटको त्रिशूलीमा गरेको पत्रकार सम्मेलनमा उहाँले एमाओवादीप्रति लक्षित गर्दै यस्तो अभिव्यक्ति दिनुभएको हो ।
उहाँले जसरी पनि निर्धारित मितिमा संविधान जारी हुने भन्दै एमाओवादीलाई सहमतिमा आउन आग्रह समेत गर्नुभयो ।
‘सहमतिबाट पछि हटेर आन्दोलनको धम्की दिनुको कुनै अर्थ छैन,’ उहाँले भन्नुभयो, ‘धम्की र घुर्कीको राजनीतिले समस्या समाधान हुँदैन बरु बल्झिन्छ ।’















प्रतिक्रिया