७ कार्तिक २०८३, शनिबार

विप्लव मेरो स्कूल र पार्टीको विद्यार्थी होः महरा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Krishna-Bahadur-Maharaकाठमाडौ, ११ पुस ।  माओवादी निकटका कम्युनिष्ट पार्टीहरुले नेपालका कम्युनिष्टहरु एक हुनु पर्नेमा जोड दिएका छन् ।

शुक्रबार राजधानीमा संवाद डवलीले आयोजना गरेको अन्तरक्रियामा उनीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै नेताहरुले माओका क्रान्तिकारी विचारई  विभिन्न कोणबाट प्रयोग भइरहेको समेत बताए ।

माओवादी आन्दोलन विघटनतर्फ गइरहेको चिन्ता व्यक्त गर्दै उनीहरुले एकतामा जोड दिएका हुन् ।  कार्यक्रममा नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले माओको क्रान्तिकारी विचारको योगदानको चर्चा गर्नुभयो ।

उहाँले  माओवादी बिचारधारामा आधारित नेपालका माओवादीहरु तत्कालको कार्यनीति नमिलेकाले अलग भएको भन्दै एकतामा जोड दिनुभयो ।

‘विचार र राजनीतिलाई केन्द्रमा राखी छलफल गरौ र पार्टीलाई एकीकृत बनाउने बाटोमा अघि बढौँ,’ उहाँले भन्नुभयो ।

एमाओवादी नेता कृष्णबहादुर महराले विगतमा एकै ठाउँमा रहेका माओवादीले राजधानीमै चार ठाउँमा कार्यक्रम गर्ने अवस्था आउनु दुःखद भएको बताउनुभयो ।

उहाँले माओत्सेतुङ आधुनिक चीनको मात्र नभई विश्वभरकै नेता भएको भन्दै उनको सम्मानका लागि पनि नेपालका माओवादीहरुबीच एकता आवश्यक रहेको बताउनुभयो ।

उहाँले नेत्रविक्रम चन्द (विप्लव) आफ्नो स्कूल र पार्टीको विद्यार्थी भएको स्मरण गराउँदै नेतृत्वको त्रुटिका कारण अहिले उनले खुलामञ्चमा शक्ति देखाउन लागेको बताउनुभयो ।  उहाँले नेतृत्वकै कमजोरीका कारण एमाओवादी विभाजन भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले माओले लिएको नीतिले नै सामन्तवाद र साम्राज्यवादविरोधी लडाईमा विजय भएको भन्दै  माओको विचारलाई आत्मसाथ गर्न आग्रह गर्नुृभयो ।

नेकपा एकीकृतका नेता परि थापाले नेपालमा कम्युनिष्ट पार्टी २१ वटा बनेकोमा आश्चर्य प्रकट गर्दै जनताको मुक्तिका लागि च्याउजस्ता पार्टीको अर्थ नरहने दाबी गर्नुभयो ।