२९ आश्विन २०८३, बिहिबार

म्यान्मारमा विश्व नेपाली साहित्य महासंघको शाखा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली साहित्यको राष्ट्रिय अन्तर्राष्ट्रिय श्रीवृद्धिका लागि कार्यरत विश्व नेपाली साहित्य महासङ्घको म्यान्मार शाखा गठन भएको छ ।

राजधानी याङ्ुगनमा भएको साहित्यिक भेलाले समितिका अध्यक्षमा लक्ष्मण नेउपाने, उपाध्यक्षमा कृष्ण ढकाल (टाउजी) र निला सुवेदी (मिचिना), महासचिवमा मोहनराज खनाल (याङ्गुन), सचिवमा सेरु थापा (मोगोक), सहसचिवमा रदीप खराल (मोगोक), कोषाध्यक्षमा देवेन्द्र रिजाल (माण्डले), निरीक्षकमा मोती गुरागाईँ (याङ्गुन), र होमनाथ ढकाल (मिचिना) लाई चुनेको छ ।

शाखा समितिका संरक्षक मण्डलमा म्यान्मारका लागि नेपाली राजदुत पारस घिमिरे, श्रीमती प्रवीणा घिमिरे, ठाकुरप्रसाद गुरागाईँ, महानन्द भट्टराई र टेकनारायण रिमाल रहनुभएको छ ।

पुस्तौँदेखि नेपाली पहिचान बोकेका लाखाँै म्यान्मालीले नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोगाउँदै आएका छन् । नेपाली साहित्यको अन्तर्राष्ट्रिय सञ्जाल साहित्य महासङ्घको म्यान्मा शाखा १७ औँ मुलुकको २३ आँै शाखा बनेको महासङ्घ केन्द्रीय अध्यक्ष विश्वासदीप तिगेलाले जानकारी दिनुभयो । केही हप्ताअघि मात्र अस्ट्रेलियामा पनि यसको शाखा बनेको थियो ।