७ कार्तिक २०८३, शनिबार

हतारमा संविधान जारी गरे देश द्वन्द्वतर्फः बाबुराम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattarai2_20120319082241गोरखा, ११ पुस । एमाओवादीका नेता डा बाबुराम भट्टराईले संविधान जारी गर्न हतार गर्न नहुने बताउनुभएको छ ।

सबै दलको सहमति जुटाएर सकेसम्म माघ ८ गते संविधान जारी गर्नेतर्फ दलहरु लाग्नुपर्ने भन्दै नेता भट्टराईले असहमतिकै बुँदा थाँती राखेर संविधान जारी गर्न नहुने धारणा राख्नु भयो ।

गोरखाको घ्याल्चोक–९ स्थित सामूहिक कृषि सहकारीको १४औँ साधारणसभाको शुक्रबार उद्घाटन गर्दै संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापतिसमेत रहनुभएका भट्टराईले भन्नुभयो, ‘राम्रो र हाम्रो संविधान जारी गर्नेतर्फ लाग्नुपर्छ । हतार गरेर असहमतिको संविधान जारी भयो भने अर्को द्वन्द्वतर्फ देश धकलिन्छ ।’

मुख्य चार राजनीतिक दलले उठाउँदै आएका मुद्दालाई समेट्ने गरी संविधान जारी गर्नुपर्ने उहाँले तर्क गर्नुभयो । मुख्य चार दलमध्ये एक दललाई बाहिर राखेर संविधान जारी गर्न नसकिने उहाँको ठम्याई छ ।

सबै दल आफ्नो अडानबाट लचिलो भएर बैठकमा प्रस्तुत हुने हो भने सहमति जुट्ने उहाँले तर्क गर्नुभयो ।