७ कार्तिक २०८३, शनिबार

प्रमुख दलले चाहे माघ ८ मा संविधानः नेम्वाङ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Subas Nembangकाठमाडौँ, ११ पुस । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले प्रमुख राजनीतिक दलले चाहने हो भने आगामी माघ ८ गते द्रुतमार्गबाटै संविधान जारी गर्न सकिने बताउनुभएको छ ।

संविधानका विवादित विषयमा सहमति कायम गर्न दलहरुले नसकेको भन्दा पनि नचाहेको जस्तो देखिएको आफूले पाएको उहाँको भनाइ छ ।

लोकतन्त्र र शान्तिका लागि पेसागत सञ्जाल (पापड)ले आज बुझाएको आठबुँदे ज्ञापनपत्र बुझ्दै उहाँले विवादित विषयमा दुई घन्टामा सहमति गर्न सकिन्छ भनेर विश्वास दिलाएका राजनीतिक दलले किन सहमति जुटाउन नसकेका हुन् र केले रोकेको हो आफूले समेत थाहा पाउन नसकेको स्पष्ट पार्नुभयो ।

सभाध्यक्ष नेम्वाङले भन्नुभयो, “जनताका सामु गरेको प्रतिबद्धता र मुलुकको आवश्यकतालाई ख्याल गरेर विवादित विषयमा तत्काल सहमति जुटाउनु आवश्यक छ । अब पनि ढिला गर्ने समय दलहरुलाई छैन । तत्काल सहमति आवश्यक छ ।”

दलहरुले दुई घन्टामा सहमति गर्छौं भनेको लामो समय भइसक्यो, तर सो दुई घन्टा कहिले आउँछ भनेर जनताले व्यग्र प्रतीक्षा गरिरहेको उल्लेख गर्दै उहाँले कुन आधारमा कसरी सहमति गर्ने हो सोको जानकारी दिनसमेत आग्रह गर्नुभयो ।

पापडका संयोजक अञ्जनीकुमार झाले आगामी माघ ८ गते संविधान जारी गर्ने वातावरण बनाउन माग गर्दै आठबुँदे ज्ञापनपत्र बुझाउनुभएको थियो ।

शान्ति र संविधानका लागि दबाब दिने उद्देश्यले पापडले विभिन्न राजनीतिक दलका अध्यक्षलाई चरणबद्ध रुपमा ध्यानाकर्षण गराउँदै आएका छन् । रासस