काठमाडौँ, ११ पुस । सशस्त्र प्रहरीका डिआईजी रञ्जन कोइराला आगामी दिनमा सरकारी सेवामा अयोग्य बर्खास्त भएका छन् ।
पत्नीको हत्यामा संलग्न भर्इ जेल सजाय भोगिरहेका कोइरालालाईप्रति शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकयस्तो कठोर निर्णय गरेको हो ।
कोइरालाले पत्नी गीता ढकालको गत २०६८ माघमा हत्या गरेका थिए । ढकालको शव क्षतविक्षत अवस्थामा मकवानपुरको पालुङमा भेटिएको थियो ।
हनुमानढोका तत्कालिन एसएसपीद्धय देवेन्द्र सुवेदी र राजेन्द्र श्रेष्ठलाई बयान दिने क्रममा कोइरालाले श्रीमतिको हत्या गरेको स्वीकार गरेका थिए।
उनलाई प्रहरीको काठमाडौँ परिसर र अपराध अनुसन्धान महाशाखाको टोलीले मकवानपुरबाट काठमाडौँ आउँदै गर्दा नागढुंगाबाट पक्राउ गरेको थियो । उनलाई श्रीमति गीता ढकालको हत्या गरेको आशंकामा पक्राउ गरिएको थियो ।
कोइरालाको गाडीमा सलाई, पेट्रोलियम पदार्थ र अरु शंकास्पद सामग्रीहरु त्यतिबेला फेला परेका थिए । त्यसअघि पनि कोइरालाकी पत्नी गीताको अपहरण भएको भएकाले आफन्तले कोइरालाले नै गीताको अपहरण गरेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।
विशेष अदालतले गत वैशाख ७ गते पत्नीहत्या गरेको पुष्टि गर्दै कोइरालालाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो। कोइराला अहिले डिल्लीबजार कारागारमा छन्।















प्रतिक्रिया