बर्दिया, ११ पुस । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दियाको भूरीगाउँ कोहलपुरखण्डको माछागाडमा बुटवलबाट बैतडीतर्फ मदिरा लिएर जाँदै गरेको ना३ख ९०७३ नम्बरको ट्रकले बर्दियाको कटर्नियाबाट कोहलपुर जाँदै गरेको रा१ज २९२ नम्बरको जिपलाई आज ठक्कर दिँदा जिपमा यात्रा गरिरहेका धधवार गाविस–१ निवासी माया ज्ञवालीको घटनास्थलमै मुत्यु भएको छ ।
दुर्घटनामा जिपमा यात्रा गरिरहेका अन्य ११ जना घाइते भएका छन् । घाइतेहरुको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको र घाइतेको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बासगढीले जनाएको छ । ट्रक चालक ३१ वर्षीय अनन्त खान्जा प्रहरीको नियन्त्रणमा रहेका छन् ।















प्रतिक्रिया