मोरङ, ११ पुस । यस वर्षको क्रिसमस धेरैका लागि रमाईलो बने पनि सुरेश लिम्बूको परिवारका लागि भने पीडा बनेर आयो ।
क्रिसमस धुमधामसँग मनाउँन र रमाइलो गर्न काकाको घर मोरङको लेटाङ–भोगटेनीमा पुगेका धरान–१२ का १५ वर्षीय सुरेशका लागि यही क्रिसमस अन्तिम बन्यो ।
बुबाआमासँगै बिहीबार लेटाङ पुगेका उनलाई आफु सुतेको ओछ्यानबाट कालले टिपेर लग्यो । सुरेसलाई कालले मध्यरातमा ओछयानमा लागेको आगोलाई लैजाने बाहाना बनायो ।
प्रहरीका अनुसार अचानक आगलागी हुँदा सुरेशको घटनास्थलमै मृत्यु भएको हो । विद्युत सर्टभई आगलागि भएको हुनसक्ने अनुमान गरिएको छ । आगोले सुरेसका काकाको घरपनि खरानी भएको छ ।
सुरेसको शव प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारेमा शवको पोष्टमार्टम गरेर आफन्तलाई बुझाइएको छ ।















प्रतिक्रिया