७ कार्तिक २०८३, शनिबार

इलाममा एक हजार आठ सय चौबीस हेक्टर वन अतिक्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ban
इलाम, ११ पुस ।  जिल्लामा सामुदायिक र राष्ट्रिय वन गरी एक हजार ८२४ हेक्टर वन अतिक्रमण भएको छ ।

जिल्ला वन कार्यालयका अनुसार जिल्लाका २४ गाविसमा रहेका सामुदायिक र राष्ट्रिय वन अतिक्रमण भएको हो ।

दानवारी गाविसमा सात सय हेक्टर, माइमझुवामा दुई सय हेक्टर, बा“झो र चुलाचुलीमा २५० हेक्टर वन अतिक्रमण भएको सहायक वन अधिकृत सुनिलकुमार सिंहले जानकारी दिनुभयो ।
त्यस्तै कोल्वुङमा ११०, शान्तिपुरमा १००, महमाइमा १८३ हेक्टर, नामसालिङमा २९ हेक्टर, जोगमाइमा ३३, पुवामझुवामा १२, माईपोखरीमा १०, फुएतप्पामा १५ हेक्टर सरकारी तथा सामुदायिक वन अतिक्रमण भएको छ ।

वन क्षेत्र अतिक्रमण गरेर सुकुम्वासी बसेका छन् भने अधिकांश अतिक्रमित वन क्षेत्रमा बजार विस्तार भएको छ । वन कार्यालयका अनुसार २२९  वन समुदायमा हस्तान्तरण गरिएपनि ५० भन्दा बढी सामुदायिक वन अतिक्रमणको चपेटामा परेकोे छ ।

वन कार्यालयले अतिक्रमण हटाउन बजेटसहितको कार्ययोजना वन मन्त्रालयमा पेस गरेपनि हालसम्म उक्त योजना स्वीकृत नहुँदा वन क्षेत्र थप अतिक्रमित हुँदै गएको बताएको छ ।