बारा, १० पुस । बसको ठक्करबाट मोटरसाईकल दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको पथलैया–निजगढ सडकखण्डमा बुधवार राति बसले ठक्कर दिदाँ मोटरसाईकल चालक र पछाडि बसेका युवाको घटनास्थलमै मृत्यु भएको हो ।
सर्लाहीबाट काठमाडौँ हिँडेको ना४ख ३०१० नम्बरको बसले विपरित दिशाबाट आइरहेको ना१२प २१५० नम्बरको मोटरसाईकललाई १६ किलोमा ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।
वीरगञ्ज–१३ का २५ वर्षीय रविन्द्र गुप्ता र वीरगञ्ज – का २४ वर्षीय सन्तोष यादवलाई ठक्कर दिएपछि यात्रुसहितको बसलाई जंगलमै छोडेर चालक फरार भएको पनि प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया