१ कार्तिक २०८३, शनिबार

प्रहरीलाई ज्याकेट किन्न पैसा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । मध्यजाडोमा ज्याकेट दिन नसकेपछि प्रहरी प्रधान कार्यालयले आफैँ किनेर लगाउन नगद नै वितरण गरेको छ ।

सम्बन्धित प्रहरी कार्यालयबाट ज्याकेट किन्नेगरी मुख्यालयले पैसा विनियोजन गरेको हो ।
एक जिल्लामा बढीमा तीन लाख रुपैयाँसम्म बजेट विनियोजन भएको छ ।

एकपटक पनि ज्याकेट नपाएका प्रहरीलाई सम्बन्धित प्रहरी कार्यालयले नै तत्काल खरिद गर्नेगरी बजेट पठाउन लागिएको प्रहरी प्रवक्ता डिआइजी माधव जोशीले जानकारी दिए ।

नेपाल प्रहरीमा यस वर्ष करिब १५ हजारले नयाँ ज्याकेट माग गरेका थिए ।

तर, ०६९ मा खरिद गरिएका केही ज्याकेट मात्र वितरण भएको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

जाडोमा प्रहरीले काम्दै ड्युटी गर्नुपर्ने र ज्याकेट भने चैतमा मात्र पाउने समाचार  प्रकाशित भएको थियो ।

टेन्डर प्रक्रियाबाट खरिद गर्दा गर्मी महिनामा मात्र ज्याकेट आउने भएकाले तत्कालका लागि सम्बन्धित प्रहरी कार्यालयले नै खरिद गर्ने व्यवस्था मिलाइएको प्रधान कार्यालयले जनाएको छ ।

करिब तीन हजार प्रहरीलाई यसरी खुद्रामा ज्याकेट खरिद गर्न लागिएको हो ।

सार्वजनिक खरिद नियमावलीअनुसार तीन लाख रुपैयाँसम्मको खरिद गर्दा कोटेसन तथा टेन्डर प्रक्रियामा जानुपर्दैन ।

सोही कारण उपत्यकामा महानगरीय प्रहरी कार्यालय र तीनवटा परिसरलाई तीन लाखका दरले बजेट छुट्याइएको छ ।

महानगरीय प्रहरी कार्यालय र काठमाडौं परिसरले बजेट पाइसकेका छन् । ललितपुर र भक्तपुर प्रहरीलाई बजेट पठाउने तयारी भइहरेको प्रहरी मुख्यालयले जनाएको छ ।