१ कार्तिक २०८३, शनिबार

अनिर्णयको बन्दी बन्दै संबिधानसभा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BICCकाठमाडौ, १० पुस । राजनीतिक दलहरुबीच संविधानसभाका अन्तरबस्तुमात्र नभई त्यसको निरुपणका लागि कसरी प्रक्रियामा जाने भन्नेमा समेत सहमति नबनेपछि सार्वभौम भनिएको संविधानसभा अनिर्णयको बन्दी बनेको छ ।

त्यहीकारण दलीय प्रतिबद्धताअनुरुप संविधान जारी गर्ने समयसीमा एक महिना पनि बाँकी नरहेको अवस्थामा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको अपुरो प्रतिवेदनमाथिको निश्कर्षविहीन छलफल बुधबार दशौ दिन पनि जारी रह्यो ।

संविधानसभाले संवाद समितिलाई विवादित विषयमा सहमति गर्न वा प्रक्रियाका लागि विवादित विषयलाई पूर्ण बैठकमा निर्णयार्थ पेश गर्नका लागि प्रश्नावली निर्माण गर्न कात्तिक १६ सम्मको अन्तिम समयसीमा दिएको कान्तिपुर दैनिकले छापेको छ ।

तर संविधानसभाका सबै दलका शीर्ष नेता रहेको समितिले न विवादित विषयमा सहमति जुटायो न प्रश्नावली नै बनाउन सक्यो ।

दलहरुबीच दुवै विषयमा सहमति नबनेपछि संवादले एक महिना ढिला गरी संविधानका विवादित विषयबारेका सबै राजनीतिक पक्षका प्रस्तावसहितको प्रतिवेदन संविधानसभामा पेश गर्‍यो ।

प्रतिवेदनमाथिको छलफलका क्रममा कांग्रेस एमालेसहितका सत्तारुढ दलका सभासदले सभाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै आएका छन् भने एमाओवादीसहितको विपक्षी मोर्चाले सहमतिका लागि पुनः संवाद समितिलाई समय दिन माग गर्दै आएका छन् ।

संविधानसभाको दशौं दिनको छलफलमा पनि सत्तापक्ष र विपक्षीले एक(अर्कालाई संविधान निर्माणको बाधक भन्दै आरोपरप्रत्यारोप गरे ।

कतिपय सभासदले त विषयबस्तुभन्दा बाहिर गएर समेत धारणा राख्दै आएका छन् ।

संविधानसभा सचिवालयका प्रवक्ता मुकुन्द शर्माका अनुसार बुधबारसम्म ३ सय ६० जनाभन्दा बढी सभासदले बोल्नका लागि समय माग गरेका छन्, त्यसमध्ये २ सय ५९ जनाले आफ्नो धारणा राखिसकेका छन् ।

दिनहुँ ५र७ जनाले बोल्नका लागि आफ्नो नाम टिपाउने गरेका छन् । यही उपक्रम चलिरहने हो भने बैठक अझै दुई सातासम्म लम्बिन सक्छ ।

किनकि, अर्को बैठक तीन दिनपछि आइतबारका लागिमात्रै राखिएको छ ।

सत्तापक्षका सभासद्ले सभाध्यक्ष नेम्वाङमाथि नै प्रश्न उठाउँदै विगतको संविधानसभामाझै टुलुटुलु हेरेर नबस्न आग्रह गर्दै आएका छन् ।

तर संविधानसभाको निर्देशन, नियमावलीको व्यवस्था आदिका कारण सभाध्यक्ष नेम्वाङ कसरी अघि बढ्ने निश्कर्षमा पुग्न सकेका छैनन् ।

उनले अहिले पनि औपचारिकरअनौपचारिक रुपमा सबै दलका शीर्ष नेतालाई भेटी संविधानका अन्तरबस्तुमा वा प्रक्रियामा सहमति जुटाउन आग्रह गर्दै आएका छन् ।