काठमाडौँ, ९ पुस । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको मैत्रीपूर्ण निमन्त्रणामा चीनका विदेशमन्त्री वाङ यी सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गद बिहीबार अपराह्न नेपालको तीनदिने औपचारिक सद्भावना भ्रमणमा राजधानी आउनुहुने भएको छ ।
शुक्रबार बिहान उहाँले चीन सरकारको सहयोगमा स्थानीय नयाँवानेश्वरमा निर्मित निजामति अस्पताललाई रु २० करोड बराबरका २६ वटा चिकित्सकीय उपकरण हस्तान्तरण गर्ने कार्यक्रम छ ।
सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई ती उपकरण हस्तान्तरण गरेपछि चिनियाँ विदेशमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलसंग नेपाल ¬चीन द्विपक्षीय वार्ता हुनेछ ।
त्यसपछि उहाँ आफ्नो सम्मानमा मन्त्री पाण्डेले आयोजना गर्ने दिवाभोजमा सहभागी हुने कार्यक्रम छ ।
राष्ट्रपति डा रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालासँग सोही दिन अपराह्न शिष्टाचार भेट गरेपछि चिनियाँ विदेशमन्त्री वाङ नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताइले आयोजना गर्ने स्वागत समारोहमा सरिक हुने कार्यक्रम छ । त्यसअघि उहाँले स्वास्थ्यमन्त्री खगराज अधिकारीसँग भेटवार्ता गर्नुहुनेछ ।
भ्रमण पूरा गरी शनिबार अपराह्न उहाँ बङ्गलादेशको राजधानी ढाका प्रस्थान गर्ने कार्यक्रम छ । रासस















प्रतिक्रिया