७ कार्तिक २०८३, शनिबार

महिलाले दलितको शवयात्रामा सहभागिता जनाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kanchanpur_district_map
कञ्चनपुर, ९ पुस । दलित समुदायको शवयात्रामा कथित माथिल्लो जातका व्यक्तिले जानु हुँदैन भन्ने मान्यतालाई गलत सावित गर्दै मङ्गलबार कञ्चनपुरका महिलाले शवयात्रामा सहभागिता जनाएर रुढीवादी परम्परालाई तोडेका छन् ।

भीमदत्तनगरपालिका– ६ वनखेतमा रहेको महिला तथा वृद्धा सेवा केन्द्रमा बस्दै आएका धनबहादुर सुनारको शवयात्रा गरी महिलाले महाकाली नदीमा लगेर दाहसंस्कार गरेका छन् ।

तीन वर्षदेखि सेवा केन्द्रमा बस्दै आएका सुनार बिरामी परेपछि महाकाली अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उनको मङ्गलबार उपचारका क्रममा मृत्यु भएको हो ।

महिलाले शवयात्रामा जानु हँुदैन र दलित समुदायको शवलाई छुनुसमेत हुँदैन भन्ने रुढीवादी परम्परालाई गलत सावित गर्नका लागि सामूहिकरुपमा शवयात्रा निकाली सुनारको दाहसंस्कार गरिएको सेवा केन्द्रका अध्यक्ष शारदा चन्दले बताउनुभयो ।

समाजमा रहेको गलत मान्यतालाई तोड्नका लागि हामीले पहिलो पटक हिम्मत गरेर अगाडि आएका छौँ अध्यक्ष चन्दले भन्नुभयो, “गलत संस्कारलाई तोडेर सबैले असल संस्कार अङ्गाल्न सक्नुपर्छ ।” “समाजमा जातका आधारमा कोही ठूलो र सानो छैन सबै बराबर छन्” उहाँले भन्नुभयो । विधिपूर्वक दाहसंस्कार गरिएका सुनारको शवयात्रामा २० बढी महिलाको सहभागिता थियो ।