१ कार्तिक २०८३, शनिबार

ओली जाँदा दाहाल अनुपस्थित, ओलीले पनि लिए बदला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-sharma-oliकाठमाडौं, ९ पुस । एमाले अध्यक्ष केपी ओली अनुपस्थित भएपछि मंगलबार साँझ बस्ने भनिएको मधेसी मोर्चासहित प्रमुख चार दलको बैठक बस्न सकेन ।

डेढ घन्टा कुर्दा पनि ओली नआएपछि प्रधानमन्त्रीनिवास बालुवाटारबाट एकीकृत माओवादी र मधेसी मोर्चाका नेताहरू बाहिरिए ।

त्यतिखेर ओली प्रेस चौतारी नेपालको कार्यक्रममा व्यस्त भए ।

त्यसअघि बिहान नौ बजे बोलाइएको कांग्रेस, एमाले र एमाओवादीको बैठक पनि बस्न सकेन ।

एमाओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री कोइरालालाई भेटेर ‘मधेसी मोर्चाविनाको बैठकको औचित्य नभएको’ बताउँदै चार दलको बैठक डाक्न आग्रह गरेका थिए ।

त्यहीअनुरूप कोइरालाले साँझ चार बजे बैठक बोलाएको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

‘चार दलका नेताको भेटघाट भयो, तर बैठक बस्न सकेन,’ कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले भने, ‘एमाले अध्यक्ष ओलीजीको अपर्झट काम परेपछि औपचारिक बैठक बस्न सकेन ।’

ओली साढे चारदेखि साढे पाँच बजेसम्म चौतारीको कार्यक्रममा थिए ।

उनी बालुवाटार पुग्दा एमाओवादी र मधेसी मोर्चाका नेताहरू हिँडिसकेका थिए ।

एमाले वरिष्ठ नेता झलनाथ खनालले ओली नआएको भन्दै एमाओवादी र मधेसी मोर्चाका नेताहरू हिँडेपछि चारपक्षीय बैठक बस्न नसकेको बताए ।

बिहान नौ बजे बोलाइएको तीन दलको बैठक बस्नुअघि नै एमाओवादी अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका थिए ।

सात मिनेट बालुवाटारमा रहँदा उनले पाँच मिनेट प्रधानमन्त्री कोइरालासँग कुराकानी गरेका थिए ।

‘मधेसी मोर्चाविनाको बैठकको औचित्य नभएको’ भन्दै उनले चार दलको बैठक बोलाउन कोइरालालाई आग्रह गरेका थिए । त्यसलगत्तै उनी बालुवाटारबाट बाहिरिएका थिए ।

एमाओवादी सहभागी नभएपछि बिहान कांग्रेस र एमालेबीच अनौपचारिक छलफल भएको थियो ।

बाहिरिने क्रममा एमाले अध्यक्ष ओलीले ‘दिउँसो चार बजेलाई चार पक्षको बैठक बोलाइएको’ जानकारी पत्रकारहरूलाई गराएका थिए ।