२९ आश्विन २०८३, बिहिबार

प्रचण्ड तयार भएनन् भने माघ ८ को रेलले उनलाई छाड्छः ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp oli

काठमाडौँ, ८ पुस । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाओवादी अध्यक्ष प्रचण्डको कडा आलोचना गर्नुभएको छ । प्रेस चौतारी नेपालले मंगलबार राजधानीमा आयोजना गरेको अन्तरक्रियामा ओलीले प्रचण्डको कडा आलोचना गर्नुभएको हो ।

उहाँले प्रचण्डलाई रंगमञ्चको पात्रको संज्ञा दिनुभयो । प्रचण्डकै कारण संविधान निर्माण प्रक्रिया अवरुद्ध भएको आरोप लगाउँदै आउनु भएका ओलीले  प्रचण्डलाई नाटकघरले बोलाउनु पर्ने टिप्पणी गर्नुभयो ।

उहाँले राजनीतिमा प्रचण्डको नाटकको कुनै अर्थ नरहेको भन्दै उहाँको नाटकीय अभिव्यक्ति नाटक घरलाई मात्र योग्य हुने टिप्पणी गर्नुभयो । एमाओवादी नेतृत्वको २२ दलीय मोर्चा संविधान आउन नदिनकै लागि गठन गरिएको आरोप लगाउँदै उहाँले कसैको आन्दोलन, रक्तपात गर्ने धम्की दिएर कोही नडराउँने समेत बताउनुभयो ।

‘उहाँले एमाले सहमतिकै पक्षमा रहेको र त्यसअनुसार नै अगाडि बढिरहेको भन्दै  बालुवाटार बैठकमा आफूले प्रचण्डलाई गाली गरेको नभई खस्रो पाउरोटीलाई जाम हालेर चिल्लो पारेर बोलेको दाबी गर्नुभयो ।

उहाँले सोमबार राजधानी बाहिरको एक कार्यक्रममा पनि प्रचण्ड कमिलाले टोके जसरी बैठकबाट बुरुक्क उफ्रेर हिडेकाले बार्ता भाँडिएको टिप्पणी गर्नुभएको थियो ।

प्रचण्डले राजा महाराजाको संज्ञा दिएकोप्रति पनि ओलीले कडा टिप्पणी गर्नुभयो । उहाँले आफु देशको पहरेदार भएको प्रष्टिकरण दिनुभयो ।

उखानतुक्कामा माहिर मानिने ओलीले उक्त कार्यक्रममा पनि एमाओवादी लगाएतका दलप्रति संकेत गदैृ भन्नुभयो–कहिलेकाँही हामीले रेल छुट्यो भन्छौं, तर त्यसो होइन हामी छुटेका हुन्छौं, त्यसैले संविधान बनाउन प्रचण्ड तयार भएनन् भने आफै छुट्छन् ।’