१ कार्तिक २०८३, आइतबार

संविधान जारी नभएसम्म गाउँ नजान सभासदहरुलाई पापड र पत्रकारको सुझाब

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

parkashकाठमाडौँ, ८ पुस ।  विभिन्न पेसागत सङ्गठनका प्रतिनिधिहरूले २०७१ माघ ८ गतेभित्रै संविधान जारी गर्न दवाव दिने उदेश्यले मंगलबार संविधानसभा भवन नयाँ बानेश्वर अगाडि धर्ना दिएका छन् ।

शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड)को आयोजना र नेपाल पत्रकार महासङ्घको संयोजनमा भएको धर्ना कार्यक्रममा महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले नेपाली जनतासँग गरेको बाचा नतोड्न आग्रह गर्दै माघ ८ गतेभित्रै कुनै पनि हालतमा संविधान जारी गर्न शीर्ष नेताहरू लाग्नुपर्ने बताउनुभयो ।
उहाँले दोस्रो संविधानसभामा पार्टीका नेताहरूले जनतासँग बाचा गरेको कुरा पूरा गर्न अब एक महिनामात्र बाँकी रहेको उल्लेख गर्दै कुनै पनि नेताहरू संविधानसभा छाडेर संविधान जारी नभएसम्म गाउँ जाने कुरा नगर्न आग्रह गर्नुभयो ।

नेपाल बार एसोसिएसनका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता हरिकृष्ण कार्कीले सम्पूर्ण पार्टीका नेताहरू संविधान निर्माणका लागि चिन्तनशील र गतिशील भएर जोडतोडले लाग्नुपर्ने उल्लेख गर्दै संविधानसभाभन्दा बाहिरबाट संविधान नदिन खबरदारी गर्नुभयो ।

कार्यक्रममा नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा अञ्जनीकुमार झा, नेपाल इन्जिनियर एसोसिएसनका उपमहासचिव इन्जिनियर दिनेशचन्द्र पन्थी, नेपाल शिक्षक युनियनका महासचिव झकबहादुर डाँगी, महासङ्घका महासचिव उजिर मगरलगायतले संविधान जारी नभएसम्म सडक नछाडी दबाबमूलक कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।