१ कार्तिक २०८३, आइतबार

नक्कली प्रमाणपत्रमा अध्यापन गराउने २७ शिक्षकको राजीनामा स्वीकृत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ, ८ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेपछि राजीनामा दिएका खोटाङका २७ शिक्षकको राजीनामा स्वीकृत भएको छ ।

आयोगले अध्यापन अनुमतिपत्रका विषयमा छानबिन गर्न थालेपछि प्रावि, निमावि र माविका २७ जना शिक्षकले दिएको राजीनामा जिल्ला शिक्षा कार्यालयले स्वीकृत गरेको हो ।

मङ्सिर १ देखि २९ गतेभित्र २७ शिक्षकको राजीनामा आएको जिल्ला शिक्षा अधिकारी गणेशप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

जिल्ला शिक्षा कार्यालयका अनुसार राजीनामा दिनेमा कालिका प्रावि अर्खौलेका नेत्रप्रसाद सुवेदी, गुप्तेश्वर निमावि लामीडाँडाका अरजु कार्की, महाकाली पञ्चकन्या प्रावि पौवासेराका ईश्वरीप्रसाद पौड्याल, पञ्चकन्या प्रावि इन्द्रेणीपोखरीका लोकनाथ भट्टराई, बालकन्या निमावि पौवासेराका गोपाल पोखरेल, बेतुवा मावि फाक्टाङका ऋषिकेशर श्रेष्ठ, पञ्चकन्या निमावि धर्तुङका गोविन्दप्रसाद पराजुली, जनसेवा मावि छितापोखरीका भरतकुमार कार्की, पञ्चकन्या निमावि मात्तिमकी विनिता राई, चन्द्रकन्या प्रावि माक्पाकी इन्दिरा निरौला, हीरा प्रावि महेश्वरीका डिल्लीबहादुर श्रेष्ठ र सरस्वती मावि पाथेकाका बृषबहादुर राई रहेका छन् ।

यस्तै, सिंहदेवी मावि बोपुङका भगवतीप्रसाद चौधरी, सावाकाली मावि सावाकटहरेका ऋषिकेशर पराजुली, जालपा मावि नुनथलाका रमेशचन्द्र राई, शुक्रजित मावि खार्तम्छाका भीमप्रसाद विश्वकर्मा, मीनाकर्ण शान्ति निकेतन मावि छोरम्बुका विवश राई, पञ्च मावि दिक्तेलका प्राविधिक प्रशिक्षक सिर्जना नेपाली, गगनचुम्बी प्रावि बुइपाका अनिता राई, नमोबुद्ध प्रावि बुइपाका सावित्रा तामाङ, शान्ति मावि टेम्माका श्यामलाल चौधरी, जनकल्याण प्रावि जलेश्वरीका अविकुमार राई, भानु निमावि लिच्चीराम्चेका अमृतप्रताप राई, सेती प्रावि ऐंसुलुखर्कका कपासी विश्वकर्मा, पञ्चकौशिका निमावि बतासेका नवराज बस्नेत, ईन्द्राणीपोखरी मावि ईन्द्राणीपोखरीका नीरबहाुर राई र सहयोगी प्रावि बुइपाका डिल्लीशेर राई रहेका छन् ।