काठमाडौं, ८ पुस । नेपाल प्रहरीका उच्च अधिकारीहरूको कमाईको प्रमुख स्रोत कल्याण कोष हो । शान्ति मिसनमा जाने प्रहरी अधिकारीहरूको कमाई काटेर जम्मा गरिएको कोषमा प्रहरीका हाकिमहरूले मस्ती गर्दै आएका छन् । त्यही कल्याण कोष दुरुपयोग गर्दा सुडान भ्रष्टाचार प्रकरण आयो ।
सुडान शान्ति मिसनका लागि किनिएका बन्दोबस्तीका सामान व्यापाक भ्रष्टाचार हुँदा तत्कालीन प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरीको पद नै गुम्यो भने अरु तीन दर्जन प्रहरी अधिकृतले पनि मुद्दा खेप्नुपर्यो । प्रहरी इतिहासमा मात्र होइन, देशकै इतिहास उक्त भ्रष्टाचार ठुलो भ्रष्टाचारका रुपमा बदनाम छ ।
तर प्रहरीको खाने बानी सुध्रिएको छैन । हाइटी र सुडान मिसनमा अझै पनि लुट जारी छ । स्रोतका अनुसार हाइटी मिसनका लागि किनिएका केही सामानहरू कामै नलाग्ने भएका छन् । कमिसनका आधारमा कमसल सामान खरिद गरेपनि केही गाडिहरू यूनएनको निरीक्षणमा फेल भएको छ । प्रहरी उच्च स्रोतबाट प्राप्त जानकारी अनुसार ‘यूएन २१७६५’ नम्बरको ट्रक इन्सपेक्सनमा फेल भएको छ । त्यस्ता अरु धेरै सामानहरू फेल भएको स्रोत बताउछ ।
खरिदको क्रममा कसिमनको खेल भएकोले ती सामानहरू फेल भएका हुन् । सामान फेल हुदा यूएनले त्यसको स्रोतभर्ना दिदैन । एउटा ट्रक हाइटी पुर्याउदा करिब ५० लाख रुपैयाँ खर्च भएको हुन्छ । कल्याण कोषको उक्त पैसा सिधैं डुबेको छ । नेपाल प्रहरीको हाइटी र सुडानमा दुई वटा एफपीयू मिसन छन् । ति मिसनमा नयाँ सामानहरू खरिद गर्नुपर्ने हुन्छ । ती सामान खरिदमा मोटो रकम भ्रष्टाचार हुदै आएको छ । कमिसनकै लेनदेनका कारण त्यस्ता मिसनमा आईजीपीले आफ्ना बिश्वासिला एसपी एफपीयू कमाण्डर बनाएर पठाउने गरेका छन् । सुडानको डार्फरमा रहेको एफपीयू मिसनमा लुट चलिरहेको स्रोत बताउँछ ।
















प्रतिक्रिया