काठमाडौँ, ८ पुस । अनेरास्ववियु, नेविसंघलगायतका विद्यार्थी संगठनले संयुक्तरुपमा मंगलबार राजधानीमा निन्द्रा जुलुसको प्रदर्शन गरेका छन् ।
सभासदहरुको निष्कृयताको कारण संविधान लेखन प्रक्रिया प्रभावित भएको भन्दै ती विद्यार्थी संगठनले माइतीघरदेखि नयाँ बानेश्बरसम्म निन्द्रा जुलुस प्रदर्शन गरेका हुन् ।
संबिधानसभाले संबिधान निर्माणका लागि तोकेको समय माघ ८ आउन ठिक एक महिना मात्र बाँकि छदाँ ती विद्यार्थी संगठनले यस्तो जुलुस निकालेका हुन् ।
‘संविधान निर्माण गर्ने तालिका जम्मा एक महिना मात्र छ,’ अनेरास्ववियुका प्रचार विभाग प्रमुख अषेश घिमिरेले भन्नुभयो,’ ‘सभासद र दलहरु भने अझै जिम्मेवार हुन सकेनन् त्यसैलेसभासदको १ देखि ६०१ सम्मको नम्बर सहितको लोगो लगाएर विद्यार्थीहरु सडकमा सुतेर सांकेतिक बिरोध प्रदर्शन गरेको हो ।’
विद्यार्थीहरुले प्रदर्शनीमा ढिला भो ब्युँझ सभासद ! ब्युँझ, माघ ८ आउन एक महिना मात्र बाँकी छ जस्ता प्लेकार्ड बोकेर झ्याली समेत पिटेका थिए ।



















प्रतिक्रिया