१ कार्तिक २०८३, आइतबार

६२ वर्षीया एक वृद्धा प्रतिबन्धित लागू औषधसहित पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, ८ पुस । ६२ वर्षीया एक वृद्धा प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेकी छिन् । उनलाई महानगरीय प्रहरी परिसर भक्तपुरले एकसय पाँच थान लागूऔषधसहित सोमबार पक्राउ गरेको बुझिएको छ ।

भक्तपुरको सल्लाघारीमा डेरा गरी बस्ने इलाम पुलगाछें–५ की स्थायी बासिन्दा प्रमिला लामालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनको कोठेबाट डाइजेपाम, नुर्फिन र क्यारिफिन जस्ता प्रतिबन्धित लागूऔषधसहित पक्राउ गरेको बताएको छ ।

प्रहरीले लामासहित बरामद लागूऔषध पत्रकार सम्मेलन गरी आजै सार्वजनिक गर्ने बताएको छ ।