१ कार्तिक २०८३, आइतबार

डिएफओले फोनबाट धम्की दिएको भन्दै पत्रकार साउदले दिए प्रशासनमा उजुरी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजेन्द्र ठगुन्ना
डडेल्धुरा, ८ पुस । अमरगढी पोष्ट दैनिकमा प्रकाशित समाचारको विषयलाई लिएर जिल्ला बन कार्यालय डडेल्धुराका बन अधिकृत कृष्ण भट्टले फोनबाट धम्की दिएको भन्दै अमरगढी पोष्टका सम्पादक मानबहादुर साउदले जिल्ला प्रशासन कार्यालयमा कारवाहीका लागी निवेदन दिनुभएको छ ।

मंसिर २६ गते आलिताल गाविसको सिद्धभगवती महिला सामुदायिक बनमा अबैद्य रुपमा राएिको अबस्थामा ठुलो परिणााममा काठ पक्राउ गरेको थियो । आलितालमा काठ समातिएको सोही दिन राती जाँड पाटीमा डिएफओ र सेक्टर बन कार्यालय जोगबुढाका प्रमुख सुरेश डिसीबीच कुटाकुट भएको समाचार उक्त पत्रिकाको बर्ष ७ अंक १०७ मा प्रकाशित भएपछि डिएफओ भट्टले मोबाईलको म्यासेजबाट धम्काउने प्रयत्न गरेका थिए ।

भट्टले समाचारको बिषयलाई लिएर पत्रकार मानबहादुर साउलाई ९८४८७२१९४३ मोबाईलको नम्बरबाट म्यासेज पठाएर धम्काउने प्रयास गरेको साउदको आरोप छ ।   डिएफओले तपाईएको नाममा काठमाडौं अदालतमा उजुरी दिन हिडेकोले मिसनमा डिस्टर्ब नगर्न भन्ने आसयको म्यासेज पठाएको पनि साउदले बतनाउनुभयो ।