१ कार्तिक २०८३, आइतबार

परासीको एक विद्यालयका विद्यार्थीलाई मास हिस्टेरिया

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

परासी, ८ पुस । नवलपरासीको तम्सरियामा रहेको लोक सेवा उच्चमावि वसन्तपुरमा अध्ययनरत १० विद्यार्थी एकै साथ बिरामी भएका छन् ।

विद्यार्थीमा रुने, कराउने, उफ्रने समस्या देखिएका छन् । सुरुमा केही विद्यार्थीमा देखिएको समस्या केही समयपछि अन्य विद्यार्थीमा समेत देखापरेको थियो । यस्तो समस्या देखिएका बिरामीलाई उपचारका लागि अहिले मध्यबिन्दु सामुदायिक अस्पतालमा ल्याइएको छ ।

१४ देखि १८ वर्ष उमेर समूहका युवतीमा देखिने यस्तो समस्या मास हिस्टेरिया भएको अस्पतालका चिकित्सक किरण सोतीले बताउनुभयो ।

मास हिस्टेरियाको समस्या समूहमा बस्नेहरूमा बढी देखिने हँुदा बिरामीलाई छुट्टाछुट्टै राखेर उपचार गरेको अस्पतालले जनाएको छ ।

बिरामीमध्ये तीनजना सञ्चो भएर अभिभावकको जिम्मा लगाई घरमा पठाएको र सातजनाको उपचार भइरहेको जानकारी विद्यालयका प्रधानाध्यापक चन्द्रदेव तिवारीले दिनुभयो । रासस