गौशाला, ८ पुस । कठ्याङ्ग्रिदो जाडोबाट महोत्तरीको जलेश्वरमा सोमबार साँझ एक रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका वडा नम्बर ५ बस्ने ५५ वर्षीय महेन्द्र पासवान रहेको निजका छोरा मुन्नाले बताएका छन् ।
रिक्सा चलाएर गुजारा गर्दै आएका अति गरिब परिवारका पासवानको ओढ्ने, ओछ्याउने तथा न्यानो लुगाफाटाको अभावमा मृत्यु भएको निजका भतिजो राजेशले बताएका छन् ।
सोमबार जलेश्वरमा बिहानैदेखि चलेको शीतलहर र चिसो हावाबाट कठ्याङ्ग्रिएर पासवानको मृत्यु भएको स्थानीयले पुष्टि गरेका छन् ।















प्रतिक्रिया