१ कार्तिक २०८३, आइतबार

बसको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगन्ज, ८ पुस । बसको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारका क्रममा मृत्युभएको छ ।

बसको ठक्करबाट कलैया नगरपालिका वडा नम्बर ३ निवासी इद्रिश मियाँका पाँच वर्षीय छोरा इस्रफ मियाँको मृत्यु भएको हो ।

डुमरवानाबाट कलैयातर्फ जाँदै गरेको ग.१ख १९७५ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका बालक इस्रफको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

सडकमा खेलिरहेको अवस्थामा सोमबार बालकलाई बसले ठक्कर दिएको थियो । उनको कलैयामा उपचार हुन नसकेपछि वीरगन्जमा ल्याइएको थियो । ठक्कर दिने बस प्रहरीको नियन्त्रणमा रहे पनि चालक भने फरार रहेकोे छ ।

बालकको शव परिवारको जिम्मा लगाइसकेको  अस्पतालले जनाएको छ । र