७ कार्तिक २०८३, शनिबार

पाँच महिनामा सतसट्ठी विवाद समाधान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ilamइलाम, ८ पुस । इलाम जिल्लाका पाँच गाविसमा गठित सामुदायिक मेलमिलाप समितिले ६७ वटा विवाद समाधान गरेका छन् ।

मानव अधिकार सञ्जाल तथा शान्ति कार्य समूह प्याग नेपालले सामुदायिक मेलमिलाप परियोजनाअन्तर्गत इलामका सिद्धिथुम्का, लक्ष्मीपुर, शान्तिपुर, एकतप्पा र शान्तिडाँडा गाविसमा गठन गरेको सामुदायिक मेलमिलाप समितिमा परेका मुद्दामध्ये पाँच महिनामा ६७ समाधान गरेका हुन् ।

समितिमा ७९ दर्ता भएकामध्ये ६७ वटा कानुनी तरिकाले समाधान भएको, पाँचवटा गाउँमा मिल्न नसकेपछि सम्बन्धित निकायमा सिफारिस गरिएको र सातवटा मिल्ने प्रक्रियामा रहेको मेलमिलाप परियोजनाका सहजकर्ता अमर देवानले बताउनुभयो ।

‘गाउँमा उत्पन्न विवादलाई गाउँमै समाधान गरियो भने जिल्लामा पर्ने मुद्दा मामिलामा कमी आई न्याय सम्पादनमा सहयोग पुग्न थालेको देवानको भनाइ छ ।

समितिमा घरेलु हिंसा, जग्गा, गाली बेइज्जती, लेनदेन, कुटपिटलगायतका विभिन्न प्रकृतिका विवाद पर्ने गरेका छन् ।

विवाद समाधान गरिएपछि कुनै पनि विवाद नउल्टिएको र पुनः मिलाउनुपर्ने स्थिति सिर्जना नभएको परियोजनाले जनाएको छ ।

समितिमा जग्गासम्बन्धी विवाद मिलाउन जग्गा नापजाँचका लागि अमिनको आवश्यक परेमा सामुदायिक मेलमिलाप परियोजनाले अमिन उपलब्ध गराउँदै आएको छ ।