१ कार्तिक २०८३, शनिबार

कुरा ठूला, पढ्ने विद्यार्थी छैनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

TU_buildingकाठमाडौं, ८ पुस । त्रिभुवन विश्वविद्यालयले उत्साहका साथ अघिल्लो वर्षदेखि सेमेस्टर प्रणाली सुरु गरे पनि आधा दर्जन केन्द्रीय विभागमा विद्यार्थी पाउन मुस्किल परेको छ ।

शिक्षाशास्त्र र मानविकी तथा समाजशास्त्र संकायका केही विषयमा विद्यार्थीको संख्या दयनीय छ ।

शिक्षाशास्त्र संकायका सहायक डिन नेत्र धितालका अनुसार राजनीतिशास्त्रमा विद्यार्थी नै भर्ना भएनन् भने शिक्षाशास्त्र संकायको इतिहास विषयमा तीन विद्यार्थी भर्ना भएका थिए ।

तर, तीनैजनाले परीक्षा दिएनन् । अन्य केही विषयमा समेत विद्यार्थी संख्या न्यून छ ।

शिक्षाशास्त्र संकायका गणित, नेपाली तथा अंग्रेजी विषयमा भने विद्यार्थी संख्या धेरै हुने गरेको छ ।

मानविकी संकायमा पनि केही विषयमा विद्यार्थी संख्या निकै न्यून छ ।

मानविकी संकायका डिन चिन्तामणि पोखरेलले मानविकी संकायअन्तर्गतका केही विभागमा विद्यार्थी अवस्था अत्यन्त न्यून रहेको जानकारी दिए ।

मानविकी संकायका इतिहास र हिन्दी विषयमा पहिलो सेमेस्टरमा एकरएकजना मात्र विद्यार्थी भर्ना भएका थिए ।

भाषाविज्ञान, बुद्धिस्ट अध्ययन र संस्कृत विषयमा पनि एकदमै न्यून विद्यार्थी छन् । भाषाविज्ञानमा चार, बुद्धिस्ट अध्ययनमा १० र संस्कृतमा सात विद्यार्थी छन् ।

तर, मानविकी संकायकै अंग्रेजी, नेपाली, अर्थशास्त्र र समाजशास्त्र तथा मानवशास्त्रमा विद्यार्थी चाप धेरै हुने गरेको छ ।

त्रिविमा वार्षिक प्रणालीमा नतिजा एकदमै न्यून हुने गरेकामा सेमेस्टर प्रणालीमा भने उत्तीर्ण प्रतिशत दोब्बरभन्दा बढी छ ।

वार्षिक प्रणालीमा मानविकी संकायमा उत्तीर्ण प्रतिशत ३० हुने गरेकामा सेमेस्टरमा ७५ प्रतिशतसम्म पुगेको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

त्रिवि मानविकी संकायका डिन प्रा।डा। चिन्तामणि पोखरेलका अनुसार मानविकीमा प्रथम सेमेस्टरमा औसतमा ७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

विद्यार्थीको धेरै चाप हुने अंग्रेजी, अर्थशास्त्रजस्ता विषयमा पनि राम्रो नतिजा आएको छ ।

झन्डै साढे दुई सय हाराहारीमा विद्यार्थी रहेको अंग्रेजीमा ९१ दशमलव ९ प्रतिशत उत्तीर्ण भएका छन् । अर्थशास्त्रमा ८६ दशमलव ९६ प्रतिशत उत्तीर्ण भएका छन् ।

विद्यार्थी कम भएका चारवटा विषयमा शतप्रतिशत नतिजा आएको छ ।