२९ आश्विन २०८३, बिहिबार

कमिलाले टोके जसरी प्रचण्ड बुरुक्क उफ्रेपछि सहमति भाँडियोः ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-oli-jn-and-madhav-nepalसर्लाही, ७ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जस्तोसुकै अवरोध पन्छाएर भए पनि माघ ८ गते मुलुकमा नयाँ संविधान जारी हुने दाबी गर्नुभएको छ ।

सोमबार सर्लाहीको हरिवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले सहमति सम्भव नभए प्रक्रियाबाटै नयाँ संविधान जारी हुने दाबी गर्नुभयो ।

‘भरसक सहमतिको अन्तिम प्रयास गर्छौं,’उहाँले भन्नुभयो, ‘नभए प्रक्रियाबाटै भए पनि मुलुकलाई नयाँ संविधान दिनेछौँ ।’

सहमतिबाटै मात्र संविधान बनाउनुपर्छ भन्नेलाई प्रतिप्रश्न गर्दै ओलीले भन्नुभयो, ‘संसारमा सर्वसम्मतिबाट संविधान जारी भएको उदाहरण कहाँ छ ? सहमतिबाटमात्रै बनाउनुपर्ने भए दुई/तीनजना नेता बसेर गरे भइहाल्थ्यो नि, संविधानसभाको निर्वाचन किन गर्नु प¥यो ?’

एमाओवादी नेतृत्वको २२ दलीय मोर्चा संविधान आउन नदिनकै लागि गठन गरिएको आरोप लगाउँदै अध्यक्ष ओलीले कसैको आन्दोलन, रक्तपात जस्तो धम्कीको कुनै अर्थसमेत नरहेको बताउनुभयो ।

‘हामी त सहमतिकै पक्षमा छौँ र त्यसअनुसार नै अगाडि बढिरहेका छौँ’, उहाँले भन्नुभयो – तर कमिलाले टोक्यो कि के हो, एमाओवादी अध्यक्ष त बुरुक्क उफ्रन थाल्नुभयो ।’