झापा ७ पुस । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले घोषित मितिमै संविधान जारी गर्न दलबीच वार्ता र संवाद जारी रहेको बताउनुभएको छ ।
एमाले पाँचथर जिल्ला कमिटीको जिल्ला अधिवेशनलाई सम्बोधन गर्न पाँचथर जाने क्रममा झापा आइपुग्नुभएका नेता पोखरेलले सोमबार भद्रपुर विमानस्थलमा पत्रकारसँगको संक्षिप्त कुराकानीमा भन्नुभयो – प्रक्रियाबाटै संविधान जारी गर्ने कुरामा वार्ता भइरहेको छ तर निष्कर्षमा पुग्न सकेको छैन ।
नेता पोखरेलले संविधान निर्माण गर्ने प्रक्रियामा एमाओवादी मुख्य बाधक रहेको आरोप पनि लगाउनुभयो । उहाँले प्रक्रियाबाट भए पनि संविधान जारी गर्नुको विकल्प नभएको बताउँदै माओवादीको हठले कुनै हालतमा संविधान जारी गर्न बाधा नपुग्ने दाबी गर्नुभयो ।
माओवादीले दोस्रो संविधानसभाको निर्वाचनमा प्रक्रियामा गएर भए पनि संविधान बनाउछौँ भनेर वाचा गरेको प्रसङ्ग कोट्याउँदै महासचिव पोखरेलले भन्नुभयो – ‘देश र जनतालाई अनिर्णयको बन्दी बनाउन दिने छैनौँ ।’















प्रतिक्रिया