काठमाडौँ, पुस ७ । संविधानसभा भवनमा कर्मचारीले लगाएको तालाबन्दी साढे ४ घण्टापछि खुलेको छ ।
सिंहदरबारमा संसद सचिवालयमा काम गर्ने कर्मचारीहरु सरह सेवा सुविधा पाउनुपर्ने भन्दै त्यहाँका कर्मचारीहरुले गरेपछि संविधानसभा बैठकसमेत प्रभावित भएको थियो । माग पूरा गर्ने आश्वासनपछि कर्मचारी तालाबन्दी खोल्न सहमत भएका हुन् ।
उनीहरुले विभिन्न माग राख्दै भदौ २० गतेदेखि विभिन्न दवावमूलक कार्यक्रम गर्दै आएका थिए । पटक पटक माग राख्दापनि माग पूरा नभएको र माग पूरा नभएसम्म बाध्य भएर आन्दोलन गरेको कर्मचारीहरुले बताएका छन् ।
संविधानसभा सचिवालय सिहदरवारका कर्मचारीले तलबको ८० प्रतिशत भत्ता र दैनिक ७ सय ५० रुपैयाँ खाजा खर्च पाए पनि उनीहरु भने त्यसबाट बञ्चित रहँदै आएका छन् ।















प्रतिक्रिया