१ कार्तिक २०८३, आइतबार

हात्ती आतङ्क–एक घाइते, तीन घर क्षति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ७ पुस । मोरङमा सोमबार जङ्गली हात्तीको आक्रमणबाट एक महिला घाइते भएकी छन् भने हात्तीले तीनवटा घरसमेत भत्काएको छ ।

पथरी–८ स्थित भुटानी शरणार्थी शिविरमा पसेका हात्तीको समूहले ३० वर्षीया बुनुमाया सुवेदीलाई घाइते बनाएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सोही शिविरका रामबहादुर राई, दिलबहादुर राई र गोपाल सुवेदीको एक–एकवटा गरी तीनवटा घर भत्काएको हो ।

नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गरेका ती भारतीय जङ्गली हात्तीलाई नजिकको स्थानीय र प्रहरीले जङ्गलतर्फ लखेटेका छन् ।