विजय थापा
भर्जिनिया, ७ पुस । अमेरिकास्थित नेपाली दूतावासको वेवसाइटलाई ह्याकरहरुले नियन्त्रणमा लिएका छन् ।
आइतवार बेलुकीदेखि वासिंटन डिसीमा रहेको नेपाली दूतावासको वेवसाइट ह्याक भएको हो । सप्ताहन्त र कार्यालय समयपछि वेवसाइट ह्याक भएका कारण यसबारे दूतावासको प्रतिक्रिया प्राप्त हुन सकेको छैन । अहिलेसम्म पनि वेवसाइट ह्याकरहरुले नै नियन्त्रणमा लिएका छन् । वेवसाइट ह्याक गरेर ‘मोरक्कन इस्लामिक युनियन’ लेखिएको छ भने चिहानघारीको तस्विर राखिएको छ । वेवसाइटमा इस्लामिक नारा र सन्देशहरु आउँछ ।
















प्रतिक्रिया